ललितपुरमा शंकास्पद महिला खोज्दै

116

ललितपुर –  हिजाे आइतबार दिनभर ललितपुरको वडा १ र वडा १० मा ठूलै होहल्ला मच्चियो । भरतपुर चितवन निवासी लक्ष्मी कँडेल नामकी महिला लुकीछिपी बसेको घटनाले वडावासीहरुबीच होहल्ला मच्चिएको हो । ‘क्वारेन्टाइनमा बसेकी महिला भागेर ललितपुर आएर कोठा खोजेर वडा १ मा बसेको’ सूचना फोनमार्फत प्राप्त गरेपछि वडा १ का सम्पूर्ण प्रतिनिधिहरु तात्तिए ।

उनीहरुले ती महिलालाई वडा १ भित्र सम्भव भएसम्म खोजे । सूचना पाए पनि महिला भेट्न नसकेपछि वडाले महिला बसेको घरधनीले तुरुन्त वडामा खबर गर्नु भनेर सूचना जारी गरे । वडा १ का एक पदाधिकारीले ती महिला वडा १० मा हुनसक्ने जनाए । त्यसपछि वडा १० का वडाध्यक्षले नरसिंह व्यंजनकारले भने, ‘यो घटनाबारे म गम्भीर छु, हिजो हामी धेरै व्यस्त भएँ । आज हामी मिलेर खोज्दैछौं ।’

यतिखेर वडा १ (गुँसिगाल र ज्वागल क्षेत्र) र वडा १० (कुपण्डोल क्षेत्र) का स्थानीयहरु त्रसित बनेका छन् । ती महिलाको बारेमा प्रहरीलाई उजुरी परेको छ । उजुरी परेपछि सम्बन्धित वडासँग यसबारेमा समन्वय भइरहेको बताइएको छ । वडा र प्रहरीले सँगसँगै खोज्दा पनि ती महिलालाई फेला पार्न सकिएको छैन ।

प्रहरीले स्रोतले भने, ‘ती महिला खोज्ने क्रममा विदेशबाट फर्किएका अन्य एक पुरुष फेला परे, ती व्यक्तिलाई पाटन अस्पताल पुर्‍याएका छौं ।’ यतिखेर वडा १ (गुँसिगाल क्षेत्र) र वडा १० (कुपण्डोल र ज्वागल क्षेत्र) का स्थानीयहरु त्रसित बनेका छन् । उनीहरुले ती महिलालाई चाँडै खोजेर क्वारेन्टाइन सुरक्षित राखिदिनु पर्छ भन्दै दुवै वडाका वडाध्यक्षलाई दबाब दिइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here