विभिन्न धनमाल चोरी

0

 

काठमाडौं । तारकेश्वर नगरपालिका-१० मनमैजु बस्ने ४० वर्षीय प्रदिप लामाको घरबाट नगद, सुन तथा चाँदीका विभिन्न गरगहना समेत गरी करिब २ लाख ६० हजार रूपैयाँ बराबरको धनमाल आइतबार साँझ चोरी भएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका-१६ बालाजु हाईट बस्ने ५२ वर्षीय केशव लाल श्रेष्ठको घरबाट नगद तथा सुनका गरगहना समेत गरी करिब ३ लाख ५ हजार रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here