टर्किस एयरलाइन्सको विमानमा आगो लाग्याे

2
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

काठमाडाैं ।  काठमाडौंमा अवतरणको क्रममा टर्किस एयरलाइन्सको विमानमा आगो लागेको छ । आगो दमकलक प्रयोग गरेर अहिले नियन्त्रणमा लिइएको छ । विमानमा रहेका सबै यात्रुहरु सुरक्षित रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

उनका अनुसार यात्रुहरुलाई इर्मेन्सी ढोका खोलेर उद्धार गरिएको थियो । सो विमानमा चार बच्चासहित २७७ यात्रु थिए । विमानमा आगो लागेपछि उद्धारका क्रममा केही यात्रुलाई सामान्य चोट लागेको छ ।

इस्तानबुलबाट काठमाडौं आएको TK726 विमानमा आज बिहान पौने सात बजेतिर अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको थियो ।

साे विमान धावनमार्गमै रोकिएपछि अहिले अन्तर्राष्ट्रिय उडान अवतरण प्रभावित भएको छ । विमान धावनमार्गमै अड्किएकाले अन्तर्राष्ट्रिय उडानका ठूला जहाजहरुको नियमित तालिका प्रभावित भएको छ ।

यात्रुहरूलाई इमर्जेन्सी स्लाइडमार्फत सुरक्षित रूपमा बाहिर निकालिएको थियो। हालसम्म कुनै गम्भीर मानवीय क्षतिको खबर प्राप्त भएको छैन।

विमानस्थलमा रहेका आपत्कालीन उद्धार टोलीले तत्काल घटनास्थलमा पुगेर अवस्था नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप प्राविधिक अनुसन्धान सुरु गरिएको छ। टायर किन फुट्यो र आगो कसरी लाग्यो भन्ने विषयमा छानबिन भइरहेको विमानस्थल स्रोतले जनाएको छ। यस घटनाबारे थप विवरण आउन बाँकी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here