स्कटल्यान्डले नेपाललाई २४४ रनको चुनौती दियाे

0

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत मङ्गलबारको खेलमा स्कटल्यान्डले नेपाललाई घरेलु मैदानमा २४४ रनको चुनौती दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर सुरुमा ब्याटिङ गरेको स्कटल्यान्डले पूरै ५० ओभर खेल्दै आठ विकेटको क्षतिमा २४३ रन बनाएको हो ।

स्कटल्यान्डका लागि ओपनर जर्ज मुन्सेले अर्धशतक बनाउनुभयो । ६२ रनको सामना गर्दा उहाँले १२ चौका र दुई छक्काको मद्दतमा ७५ रन बनाउनुभएको हो । त्यसैगरी अर्का ओपनर फिनले म्याकक्रियाथले ६२ बल खेल्दै ३५ रन बनाउनुभयो । पाँचौँ क्रममा ब्याटिङ गर्नुभएका मिचेल इङ्ग्लिसले नटआउट ३४ रन बनाउनुभयो ।

२० ओभरसम्म विकेटबिहीन बनेको नेपालका लागि लेग स्पिन सन्दीप लामिछानेले चार विकेट दिलाउनुभयो । सन्दीपले १० ओभर बलिङ गर्दा एक मेडनसहित ४१ रन खर्चिएर चार विकेट हात पर्नुभएको हो ।

त्यसैगरी करण केसीले आठ ओभर बलिङ गर्दा ५१ रन खर्चिएर दुई विकेट हात पर्नुभयो भने आठ ओभर बलिङ गर्दा ३३ रन खर्चिएर  नन्दन यादवले दुई विकेट लिनुभयाे ।

नेपालका लागि १० ओभर बलिङ गर्नुभएका ललित राजवंशी ३३ रन खर्चिएर विकेटबिहीन बन्नुभयो । दिपेन्द्रसिंह ऐरी, गुल्सन झा र रोसिहत पौडेलसमेत विकेट बन्नुभयो ।

केही बेरमा नेपालले जवाफी ब्याटिङ गर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here