एन्फा माथि लागेको प्रतिबन्ध फुकुवा

4

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लागेको प्रतिबन्ध बिना सर्त फुकुवा गरिएको छ।

नेपाली फुटबलमा देखिएको लामो समयको गतिरोध अन्त्य गर्दै एन्फामाथि लागेको प्रतिबन्ध बिना सर्त फुकुवा गरिएको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले नेपाली फुटबलको विकासका लागि यो अत्यन्त सराहनीय र ऐतिहासिक निर्णय भएको उल्लेख गरे।

साथै, प्रतिबन्ध फुकुवासँगै अब नेपाली फुटबलले नयाँ गति लिने विश्वास समेत व्यक्त गरिएको छ।

नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदले  चैत ११ गते  अवैधानिक रूपमा निर्वाचन गर्न लागेको र आफ्नो निर्देशन पालना नगरेको भन्दै एन्फालाई तीन महिना सम्मका लागि निलम्बन गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here