काठमाडौं । बाँके, कोहलपुर नगरपालिका-३ भुषाल चोक नजिकै सडकमा भे.२ स ९०४४ नम्बरको रिक्सा दुर्घटना हुँदा चालक कोहलपुर नगरपालिका-३ बस्ने ४२ वर्षीय निम बहादुर पुनको मंगलबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त स्थानमा भे. १ त ६४१३ नम्बरको ट्याक्टरमा बा. १५ च ८३७० नम्बरको भ्यान ठक्कर खाँदा उक्त भ्यानमा भे. २ स ९०४४ नम्बरको रिक्सा समेत ठोक्किएर दुर्घटना भएको थियो । साथै दुर्घटनामा घाइते भएका भ्यान चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ, विराटनगर महानगरपालिका-१४ हनुमान मन्दिर अगाडि सडकमा विराटनगरबाट रानीतर्फ आउँदै गरेको एएस ०१ एफसी ०९१० नम्बरको ग्याँस बुलेट गाडीको ठक्करबाट साइकलमा सवार सोही महानगरपालिका-१४ जतुवा बस्ने अन्दाजी ४५ वर्षीय गिरिजानन्द ठाकुर र उनकी छोरी १२ वर्षीया गरीमा ठाकुरको मंगलबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















