ठूलो परिमाणमा लागुऔषधसहित पक्राउ

2

भैरहवा । प्रतिबन्धित लागुऔषधसहित पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–८ उनवच क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा एक जनालाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिबार दिउँसो करिब ३ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु २६ प ४४१४ नम्बरको मोटरसाइकललाई शंकाको आधारमा रोकी चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा मोटरसाइकल चालक रामग्राम नगरपालिका–८ लोहसडा निवासी ३८ वर्षीय राममिलन केवटको साथबाट लुकाइछिपाइ ल्याइएको प्रतिबन्धित लागुऔषध डाईजेपाम २०० एम्पुल, फेनेरागन २०० एम्पुल र बुप्रेनोर्फिन २०० एम्पुल गरी कुल ६ सय एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद लागुऔषध, मोटरसाइकल तथा पक्राउ परेका केवटलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया पूरा गरेको जनाएको छ। पक्राउ परेका केवटविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा आइतबार जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here