नेपाल एसियन गेम्म पुरुष छनोट प्रतियोगिातको च्याम्पियन

10

काठमाडौं । नेपाल एसियन गेम्म पुरुष छनोट प्रतियोगिातको च्याम्पियन बनेको छ ।

सिङ्गापुरस्थित सिङ्गा ओभल मैदानमा सोमबार भएको फाइनल खेलमा नेपालले हङकङलाई १९ रनले हरायो । नेपालले अपरािजत रहँदै उपाधि जितेको हो ।

वर्षाले प्रभाविक खेलमा हङकङले दिएको एक सय ८९ रनको लक्ष्य पछ्याएको नेपालले ११.३ ओभरमा दुई विकेटको क्षतिमा एक सय १४ रन बनाउँदा भारी वर्षा भएपछि खेल रोकिएको थियो । त्यसपछि खेल सुचारु हुन नसक्दा नेपाल डकवर्थ लुईस प्रणाली (डीएलएस) का आधारमा विजेता बनेको हो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६५ रनब नाउनुभयो । उहाँले ४० बलमा आठ चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । रोहितकुमार पौडेलले ३५ रनब नाउनुभयो । बलिङमा हङकङका आयुश शुक्ला र इशान खानले एक एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ८८ रन बनाएको थियो ।

हङकङका लागि अशुंमन रथले सर्वाधिक ८० रन बनाउनुभयो । उहाँले ४५ बलमा ६ चौका र ६ छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै सहिद वासिफले ५५ र शिव माथुरले २६ रन बनाउनुभयो ।

बलिङमा नेपालका शेर मल्लले चार विकेट लिनुभयो । करण केसीले दुई तथा सन्दीप लामिछानेले एक विकट लिनुभयो । शेर मल्ल प्लेयर अफ दि म्याच हुनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here