काठमाडाैं । यमनको दक्षिणी बन्दरगाह शहर एडेनको सैन्य शिविरमा बिहीबार भएको शक्तिशाली विस्फोटका कारण १२ जना सैनिकको ज्यान जानुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ।
एक सुरक्षा अधिकारीले नाम न छाप्ने सर्तमा एडनको अल–मिम्दाराह क्षेत्रमा सरकार समर्थक जायन्ट्स ब्रिगेडद्वारा सञ्चालित शिविरमा विस्फोट भएको जनाएका छन्।
घटनाको बारेमा अहिलेसम्म कुनै आधिकारिक सुचना जारी गरिएको छैन। क्षतिको परिमाणको विवरण पनि उपलब्ध गरिएको छैन।


















