मुख्य राजमार्गहरूमा यातायात सेवा प्रभावित

6

देशका विभिन्न स्थानमा परेको वर्षा र सडक मर्मतका कारण मुख्य राजमार्गहरूमा यातायात सेवा प्रभावित भएको छ।

बाढी, पहिरो र मर्मत कार्यले गर्दा धेरै सडक खण्डहरू पूर्ण वा आंशिक रूपमा बन्द रहेका छन्।

काठमाडौँ उपत्यका जोड्ने सतुङ्गल-चित्लाङ सडक खण्ड जेठ १६ गतेदेखि पूर्ण रूपमा अवरुद्ध छ। चन्द्रागिरी नगरपालिका–९ देउराली देवीस्थानमा खसेको पहिरो र त्यसपछिको मर्मत कार्यका लागि यो सडक अझै एक महिना बन्द रहने जानकारी दिइएको छ।

भोजपुरको बोखिम र पाँचथरको दोभानमा बाढीका कारण सडक एकतर्फी मात्र सञ्चालनमा छ। खोटाङको पङ्खु खोलामा खसेको पहिरोका कारण जेठ २ गतेदेखि नै यातायात पूर्ण रूपमा ठप्प छ।

ईलामको पुवाखोलामा आएको बाढीका कारण मेची करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ। यद्यपि, वैकल्पिक मार्गका रूपमा मेची राजमार्ग प्रयोग गर्न सकिने जनाइएको छ।

बीपी राजमार्गकाे काभ्रेपलाञ्चोक खण्डमा बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै जेठ २२ गतेदेखि सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा सडक मर्मत कार्य भइरहेकाले कुलेखानी-फाखेल-हुमाने-फर्पिङ-काठमाडौँ सडक खण्ड एक महिनाका लागि पूर्ण रूपमा बन्द गरिएको छ। यो सडक जेठ १५ गतेदेखि बन्द रहेको हो।

image-139-1781234204.png

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here