काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ५ हजार ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९२ हजार रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ८६ हजार ७ सय रुपैयाँ थियो । एक साताको अवधिमा भने सुनको भाउ १७ हजार रुपैयाँ घटेको छ । गत शुक्रबार सुनको भाउ तोलामा ३ लाख ९ हजार रुपैयाँ थियो ।
















