विभिन्न स्थानमा मृत्य 

3

 

भक्तपुर । मध्यपुर थिमि नगरपालिका-४ बस्ने दोलखा बिगु गाउँपालिका-३ घर भएका प्रविन आचार्यको छोरा साढे २ वर्षीय आज्ञान आचार्यको आफ्नै कोठामा रहेको बाल्टिनको पानीमा डुबेर सोमबार साँझ मृत्यु भएको छ ।

डुबेर अशक्त भएका उनको कोरियन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

साथै  सिराहा, लहान नगरपालिका-१ स्थित गोरेटो बाटोमा सोही नगरपालिका-१ सिङ्ग्राही टोल बस्ने ६० वर्षीय परिक्षण दास सोमबार मृत अवस्थामा फेला परेका छन् ।

धादिङ, बेनीघाट रोराङ गाउँपालिका-२ हरे खोल्साको बाटो छेउमा सोही ठाउँ बस्ने ७० वर्षीय बिर बहादुर चेपाङ सोमबार मृत अवस्थामा फेला परेका छन् ।

झापा, कमल गाउँपालिका-६ पञ्चकन्या टोलस्थित खेतमा गौरादह नगरपालिका-१ बस्ने ४५ वर्षीय सुकले मर्डी सोमबार  मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here