नेपाली मनोचिकित्सक डा. प्रवेश मान सिंह बस्नेत नामीबाट सम्मानित

0

काठमाडौं । अमेरिकामा कार्यरत नेपाली मनोचिकित्सक डा. प्रवेश मान सिंह बस्नेतलाई २०२६ को प्रतिष्ठित उदाहरणीय मनोचिकित्सक सम्मान प्रदान गरिएको छ। उनलाई यो सम्मान अमेरिकास्थित नेशनल एलायन्स अन मेन्टल इलनेस (नामी) ले प्रदान गरेको हो।

नामीका अनुसार डा.बस्नेत संयुक्त राज्य अमेरिकाभरिबाट छनोट गरिएका १३ जना मनोचिकित्सकहरू मध्ये एक हुन्, जसले मानसिक स्वास्थ्य सेवामा उल्लेखनीय योगदान पुर्‍याएका छन्। उनले क्लिनिकल उत्कृष्टता, बिरामी तथा परिवारहरूलाई शिक्षा प्रदान गर्ने कार्य, मानसिक रोगसम्बन्धी सामाजिक लाञ्छना घटाउने प्रयास र मानसिक स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने पहलहरूमा उल्लेख्य योगदान गरेको नामीले जनाएको छ।
यो पुरस्कार अमेरिकाको जर्जिया राज्यस्थित अटलान्टामा आयोजित नामीको वार्षिक सम्मेलनका क्रममा प्रदान गरिएको हो। नामी अमेरिकाको सबैभन्दा ठूलो ग्रासरुट्स मानसिक स्वास्थ्य गैर-नाफामूलक संस्था मानिन्छ, जसले मानसिक रोगबाट प्रभावित व्यक्ति तथा परिवारहरूका लागि शिक्षा, सहयोग समूह र वकालत जस्ता सेवा प्रदान गर्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here