शेयर काराेबार घट्याे

4

काठमाडाैं । बुधबार अघिल्लो दिनकै अंकमा सेयर बजार थामिएको छ । यस दिन नेप्से परिसूचक जम्मा ०.०८ अंक हरियोमा सीमित रह्यो ।

जसकारण हिजोकै अंक २७०५ मा नेप्से स्थिर रहेको हो । अघिल्ला चार दिन लगातार नेप्से घटेको थियो । मंगलबार ६, सोमबार १२, शुक्रबार ४ र बिहीबार ८ अंक घटेको थियो । आज बजारको उतारचढाव न्यून रह्यो ।

कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ४ करोडको कारोबार भएकोमा आज ३ अर्ब ६१ करोडको भयो । १२० कम्पनीको मूल्य बढ्दा १३५ को घट्यो भने १६ को स्थिर रह्यो । सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो ।

बैंकिङ ०.१८, होटल तथा पर्यटन ०.६४, जीवन बीमा ०.०७, माइक्रोफाइनान्स ०.०४, निर्जीवन बीमा ०.५५, अन्य ०.०८ तथा व्यापार ०.६० प्रतिशत घटे । त्यस्तै उत्पादन तथा प्रशोधन ०.५१, लगानी ०.५३, हाइड्रोपावर ०.३०, फाइनान्स ०.१४ प्रतिशत घटे । विकास बैंक ०.४६ अंक मात्रै हरियो रह्यो ।

दुई नयाँ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढेको हो । यो वृद्धिपछि सोपानको मूल्य प्रतिकित्ता ८०८.५० रुपैयाँ तथा एपोलोको ६९२.७० रुपैयाँ पुगेको छ ।

त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चरको ४.२४ प्रतिशत मूल्य बढ्यो । दोल्ती पावरको ३.३५, कालिन्चोक हाइड्रोपावरको २.६१ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएकामा कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स स्पिनिङ मिल्स, सेन्ट्रल फाइनान्स, बुंगल हाइड्रो र आँखुखोला जलविद्युत् कम्पनी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here