ब्राजिलले हाइटीमाथि सानदार जित निकाल्याे

6
TOPSHOT - Brazil's forward #09 Matheus Cunha celebrates scoring his team's second goal during the 2026 World Cup Group C football match between Brazil and Haiti at the Philadelphia Stadium in Philadelphia on June 19, 2026. (Photo by Mauro PIMENTEL / AFP)

काठमाडौं । विश्वकप उपाधि दावेदार ब्राजिलले हाइटीमाथि सानदार जित निकाल्दै नकआउट चरणको सम्भावना बलियो बनाएको छ ।

समूह ‘सी’ अन्तर्गत फिलाडेल्फिया फुटबल रङ्गशालामा शनिबार बिहान भएको खेलमा ब्राजिलले हाइटीलाई ३–० गोलले हरायो । ब्रालिलको जितमा म्याथियस कुन्हाले दुई तथा र भिनिसियस जुनियरले एक गोल गर्नुभयो ।

तीनवटै गोल पहिलो हाफका सम्भव भएको खेलमा कुन्हालदे २३औँ र ३६औँ मिनेटमा गोल गर्नुभएको थियो । यस्तै भिनिसियसले पहिलो हाफलको इन्जुरी समयमा एक गोल थप्नुभएको हो ।

दोस्रो हाफमा सानदार प्रदर्शन गरेको हाइटीलै गोल फर्काउन भने सकेन । जितसँगै दुई खेलबाट चार अङ्क बनाएको ब्राजिलको समूहको शीर्षस्थानमा छ ।

ब्राजिल समूहको पहिलो खेलमा मोरक्कोसँगथ १–१ गोलको बराबरीमा रोकिएको थियो । पराजित हाइटी बिश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।

दोस्रो स्थानमा रहेको मोरक्कोको पनि समान चार अङ्क छ । शनिबार नै भएको अर्को खेलमा मोरक्कोले स्कटल्यान्डलाई १–० गोलले हरायो ।

मोरक्कोको जितमा स्माइल साइबारीले दोस्रो मिनेटमा गर्नुभएको गोल निर्णायक बन्यो । दुई खेलमा पहिलो हार खेपेको स्कटल्यान्ड तीन अङ्कसहित तेस्रो स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here