नर्वे नकाउट चरणमा प्रवेश

1

काठमाडाैं । नर्वे पनि फिफा विश्वकप २०२६ को नकाउट चरणमा प्रवेश गरेको छ ।

न्यूयोर्क न्यू जर्सी स्टेडियममा मंगलबार बिहान भएको खेलमा सेनेगललाई ३–२ ले हराउँदै नर्वे २८ वर्षपछि नकआउट चरण प्रवेश गरेको हाे ।

नर्वेको जितमा अर्लिङ हालान्डले २ तथा मार्कस होल्मग्रेन पेडरसनले १ गोल गरे । सेनेगलका स्पाइला सरले २ गोल गरे पनि नर्वेलाई जितबाट रोक्न सकेनन् ।

जितपछि नर्वे ६ अंकसहित नकाउट चरणमा पुगेको हो । सोही समूहमा रहेको फ्रान्स पनि आजै नकाउट चरणमा पुगेको छ ।

सेनेगल भने समूह चरणबाट बाहिरियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here