बाघभैरव जात्रामा विशेष प्रदर्शनीमा राखिने हाथु  द्यः कीर्तिपुर ल्याइयाे

34

काठमाडौं । आराध्यादेव बाघभैरव जात्रामा विशेष प्रदर्शनीमा राखिने हाथु  द्यःकाे शनिबार कीर्तिपुर ल्याइएको छ ।

सांस्कृतिक झाकीसहित भक्तपुरको थिमी हुँदै ललितपुरको हात्तिबनबाट  कीर्तिपुर ल्याइएको हाे ।

गुँदे दापा खलःको विशेष अग्रसरता हाथु द्यःको मुर्ति बनाउनेमा पूर्णता पाए पाश्चात तान्त्रिक विशेष पुजा आजा गरेर कीर्तिपुर परिक्रममा गराएर आगमन गराउने कार्य सम्पन्न भएको छ ।

दुईबर्षदेखि निरन्तर रूपमा हाथु द्यःको मुर्ति बनाउने  कालीगढहरूलाई गुँदे दापा खलःकाे अध्यक्ष अशाेक महर्जनले सम्मान पश्चात कीर्तिपुर ल्याउने कार्य भएको थियो ।

करिब ८ फिट अग्लो हाथु द्यः अन्त्यतः कलात्मक रहेकाे मुर्ति निर्माण कार्य सम्पन्न गर्नमा थिमीका चर्तित कलाकार गणेश प्रजापति,  बाघभैरव मुर्ति जिर्णाद्वार समितिका अध्यक्ष शुद्वरत्न महर्जन, रामप्रसाद महर्जन, रत्नकुमार महर्जनहरुले समेत अहम् भूमिका निर्वाह खेलेको थियो ।

बाघभैरवको मुर्ति जिर्णाद्वार गर्ने क्रममा ताम्रपत्र अभिलेख फेला परेको आधारमा  मुर्ति निर्माणकाे लागि धातु, अर्थ संकलन गरेर हाथु द्यः बनाउने कार्य शुभारम्भ गरिएकाे थियाे ।

बाघभैरव जात्राका दिन स्वर्ण शक्तिभैरव मुर्ति प्रदर्शनीका साथै समयबजि र हाथु द्यः भैरवको मुखबाट थ्वँ हायेकेगु (प्रसाद) वितरण कार्यले समेत पुर्णता पाउने भएको छ ।

स्थानीय जनसहभागिता, भक्तजनहरुले दिएकाे चन्दा संकलन गरेर हाथु द्यः निर्माणमा पुर्णता पाएकाले सांस्कृतिक पुनः जागरण हुने भएकाे छ ।

ढ

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here