गीति एल्बम “जवानीको जोशमा” सार्वजनिक

2
काठमाडाैं ।  शब्द रचनाकार तिर्थमान महर्जनकाे नयाँ आधुनिक गीति एल्बम “ जवानीको जोशमा” सार्वजनिक भएकाे छ ।

शुक्रबार  असार १२ गते इलिसा महर्जनको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएकोे  गीति एल्बममा   ६ वटा गीत समावेश गरिएकाे छ । यस गीतप एल्बममा संगितकारहरुमा अनिल तुलाधर, शिव शाही र दुर्गा लामा रहेका छन्  । नेपालभाषाका चर्चित  गायिका रत्नशोभा महर्जन, गायिका शिर्पा खड्गी, तथा गायक सुरेन्द्र अमात्यकाे सुमधुर  स्वर रहेकाे छ । संगितकार शिव शाही र दुर्गा लामाको  समेत स्वर सुन्न सकिनेछ ।

यस गीति एल्बममा रचनाकार स्वय्मले  समेत एउटा नयाँ गीतमा स्वर दिएर गायकको रुपमा परिचय दिएकाे छ ।  सुम्धुर स्वरले भरिएकाे यस गीति एल्बमकाे  म्युजिक भिडियो बनाउन प्रोड्युसरको खोजिमा  छ ।  यस प्रकार रहेकाे छ गीति एल्बममा समावेश भएकाे गीतहरू तल उल्लेख गरिएकाे छ ।

१.     जवानीको जोशमा
       संगीत : अनिल तुलाधर
       गायक : शिर्पा खड्गी
२.    आज मेरोे तिमिसंग
       संगीत : शिब शाही
       गायक : शिब शाही
३.    कता तिर हिडेको मैच्याङ्ग  (यु ट्युबमा ख्म्इ)
       संगीत : दुर्गा लामा
       गायक : दुर्गा लामा , रत्नशोभा महर्जन
४.   तिमी पनि काले म पनि काले
      संगीत : शिव शाही
      गायक : तिर्थमान महर्जन
५.   डम्फु नै बोकि यो च्याङ्गवा नाच्यो
      संगीत : दुर्गा लामा
      गायक : सुरेन्द्र अमात्य
६.   पैसा हे पैसा  (युट्युबमा ख्म्इ)
      संगीत : शिव शाही
      गायक : शिर्पा खड्गी
तलकाे लिंकमा क्लिक गरेर गीति एल्बमकाे गीत सुन्न सकिन्छ :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here