विश्वकप फुटबलमा अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

13

काठमाडौं । फिफा विश्वकप फुटबलमा साविक विजेता अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको छ ।

मियामी स्टेडियममा आज बिहान भएको खेलमा केप भडेलाई अतिरिक्त समयमा ३–२ गोलले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा पुगेको हो ।

निर्धारित ९० मिनेटको समयमा खेल १–१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलिएको थियो ।

खेलको २९औँ मिनेटका अर्जेन्टिनाका कप्तान लियोनल मेसीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर ५९औँ मिनेटमा केप भर्डेका डेरोय डुआर्टेले गोल गर्दै टोलीलाई १–१ गोलको बराबरीमा फर्काएका थिए । त्यसपछि दुवैतर्फबाट थप गोल नभएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयको ९२औँ मिनेटमा अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेजले गोल गर्दै टोलीलाई २–१ गोलको अग्रता दिलाए ।

त्यसपछि १०३औँ मिनेटमा केप भर्डेका सिड्नी काब्रालले गोल फर्काउँदै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

तर, खेलको १११औँ मिनेटमा केप भर्डेका डाइनी बोर्जेसको आत्मघाती गोलसँगै अर्जेन्टिना ३–२ गोलको जितसँगै अन्तिम १६ मा प्रवेश गरेको छ ।

अब अन्तिम १६ को खेलमा अर्जेन्टिनाले इजिप्टसँग खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here