काठमाडौं । साताकाे तेश्राे दिन सुनको भाउ तोलामा १ हजार ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ८९ हजार ४ सय रुपैयाँ थियो । गत मंगलबार सुनको भाउ तोलामा २ लाख ७७ हजार ९ सय रुपैयाँ थियो ।


















