नेपालको आर्थिक वृद्धिदरमा केही सुधार हुने अनुमान

17

काठमाडाैं । एसियाली विकास बैंक (एडीबी)ले सन् २०२६) का लागि नेपालको आर्थिक वृद्धिदरको प्रक्षेपणलाई संशोधन गर्दै केही सुधार हुने अनुमान सार्वजनिक गरेको छ। बैंकले आफ्नो पछिल्लो प्रतिवेदन ‘एसियन डेभलपमेन्ट आउटलुक जुलाई २०२६’ मार्फत नेपालको अर्थतन्त्रमा जलविद्युत् क्षेत्रको योगदान सकारात्मक रहने भन्दै वृद्धिदर बढ्ने देखाएको हो ।

एडीबीले सन् २०२६ को जुलाईमा सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२६ (मध्य जुलाईमा समाप्त हुने आर्थिक वर्ष) का लागि नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने अनुमान गरिएको छ । यो प्रक्षेपण यसअघि अप्रिलमा गरिएको २.७ प्रतिशतको तुलनामा उल्लेखनीय सुधार हो । विशेषगरी जलविद्युत् क्षेत्रसँग सम्बन्धित औद्योगिक गतिविधिमा आएको तीव्रताका कारण यो वृद्धि सम्भव भएको प्रतिवेदनमा उल्लेख छ ।

यद्यपि, बैंकले सन् २०२७ का लागि भने वृद्धिदरको लक्ष्य घटाएको छ। यसअघि ५.० प्रतिशत रहने अनुमान गरिएकोमा अहिले त्यसलाई संशोधन गरी ४.५ प्रतिशतमा झारिएको छ