सीमा विवादको जवाफ नदिएसम्म विरोध कायम रहने

2

काठमाडौं । सीमा विवादबारेको अभिव्यक्तिउपर उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाहले नदिएसम्म संसद्मा विपक्षीको विरोध कायम रहने भएको छ ।

नेपाली कम्युनिस्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले यस्तो  जनाएका हुन् ।

‘सम्मननीय प्रधानमन्त्री बालेन शाह बालेनले नेपाल र भारतको सीमा सम्बन्धी दिएको अभिव्यक्तिका बारेमा सरकारले स्पष्ट धारणा संसद्मा पेश गर्नुपर्छ । त्यो नहुन्जले प्रतिपक्षको तर्फबाट विरोध जारी रहने कुरा जानकारी गराउन चाहन्छु’ उनले प्रतिनिधिसभाको बैठकमै भने ।

गत १७ जेठमा प्रधानमन्त्री बालेनले प्रतिनिधिसभामा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’

प्रधानमन्त्री बालेनको यस्तो अभिव्यक्तिपछि विपक्षीहरूले लगातार विरोध गर्दै आएका छन् । यो विषयमा कि तथ्य दिनुपर्ने होइन भने माफी माग्नुपर्ने विपक्षीको माग छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here