धनकुटामा बस दुर्घटना, तीन जना घाइते

0

हिले । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा ६ चारखोले गोलाईस्थित कोशी लोकमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार बिहान धरानबाट तेह्रथुमतर्फ जाँदै गरेको को १ ख ५१०५ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकको छेउमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि तेह्रथुमको छथर गाउँपालिका वडा १ का करिब ११ वर्षीया नुमा लिम्बु, छथर गाउँपालिका वडा ४ का करिब ६९ वर्षीय कविराज थापा र सोही स्थानकी करिब ५६ वर्षीया शुकमाया लिम्बु घाइते भएका छन् । घाइते तीनै जनाको शरीरमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको धनकुटाका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो । दुर्घटनामा परेको बस घटनास्थलमै रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here