नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

2

काठमाडौं । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको आइतबार राति निधन भएको छ । उनी ९३ वर्षका थिए र पछिल्लो समय विरामी थिए ।

नेपाल भाषा एकेडेमीका चान्सलर कृष्णसुन्दर मल्लका अनुसार कवि श्रेष्ठको बुढानीलकण्ठस्थित घरमै उनको निधन भएको हो ।

पछिल्लो छ दशकदेखि लगातार साहित्य सिर्जनामा लागेका श्रेष्ठले नेपाल भाषासहित नेपालीमा पनि कविता र गीतसँग अन्य विधामा पनि कलम चलाएका छन् । नेपाल भाषा परिषदले दुई दशक अगाडि उनलाई जनकविको उपाधिबाट सम्मानित गरेको हो ।

नेपाल भाषामा उनका एक दर्जन भन्दा बढी कृति प्रकासित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here