दर्शककाे मन जितेकाे नाटक ‘केसामी नाम्सामी’ दुई दिन मात्रै चल्ने

1

काठमाडौं । दर्शककाे अपार माया पाएकाे  नाटक ‘केसामी नाम्सामी’ अब दुई दिन मात्रै हेर्न पाउने भएकाे छ ।

थापागाउँस्थित एक थिएटर नेपालमा नेपालमा गत साउन १८ गतेदेखि नाटक मञ्चन सुरु भएको  आज शुक्रबार र शनिबार दुई दिन मात्रै प्रदर्शन हुने छ ।

मुन्धुम कथाबस्तुमा आधारित याक्थुम समुदायको केसामी नम्सामी मुन्धुममा आधारित नाटक यासेली योङहाङले नाट्य रूपान्तरण गरेको हाे ।

यस नाटकको परिकल्पना तथा निर्देशन रंगकर्मी अनील सुब्बाले गरेका हुन् ।

नाटकमा मानव र प्रकृतिबीचको सम्बन्ध, सहअस्तित्व, विश्वास, द्वन्द्व र नैतिक जिम्मेवारी प्रस्तुत गरिएको छ ।

यस  ‘केसामी नाम्सामी’ पुस्तौंदेखि मौखिक परम्परामा जीवित रहँदै आएको मुन्धुमको ज्ञान, जीवनदर्शन र सांस्कृतिक स्मृति हो । यसलाई उनले आधुनिक रंगभाषामार्फत प्रस्तुत गर्ने प्रयास गरिएकाे छ ।

दर्शककाे मन जित्न सफल यस नाटकमा चर्चित कलाकार सौजन सेनेहाङ, आकाश सुहाङ लिम्बू, अञ्जना राई, पुष्पाञ्जली लिम्बू, अपेक्षा सुब्बा, रमिता राई र चिराग पनेरु छन् ।

नाटक हरेपछि प्रतिकृया

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here