भरूवा बन्दुक बरामद

0

काठमाडौं । संखुवासभा, मकालु गाउँपालिका-५ मांसिमास्थित ओढारबाट भरूवा बन्दुक १ थान, बन्दुकमा प्रयोग हुने छर्रा १४ थान, फलामको टुक्रा १ सय ५ थान, बारूद करिब ५० ग्राम र पटका २० थान सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उक्त हातहतियार फेला पारी बरामद गरेको हो ।

रूकुम पश्‍चिम, त्रिवेणी गाउँपालिका-२ स्थित रातोपहरा सामुदायिक वनको ओढारबाट भरूवा बन्दुक ३ थान सोमबार साँझ प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी सिम्रुतुबाट खटिएको प्रहरीले उक्त बन्दुकहरू फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here