इजरायलमा सहायक कामदारमा आवेदन खुल्याे

11

काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारका लागि सहायक कामदारमा आवेदन खुलेको छ ।

एक हजार १३२ जना महिला र ३३२ जना पुरुष कामदार माग गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ। आज राति १२ बजेदेखि आगामी असोज २६ गते राति ११:५९ बजेसम्म दिन सकिने छ।

आवेदन दिने अन्तिम दिनसम्म २५ वर्ष उमेर पूरा भएको र ४५ वर्ष ननाघेको हुनुपर्ने छ। कम्तीमा १.५ मिटर उचाइ र कम्तीमा ४५ किलोग्राम तौल भएको, कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सिएमए. सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा १०+२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ सम्बन्धि कम्तीमा तीन महिनाको तालिम प्राप्त गरेको हुनुपर्नेछ।

आवेदन दिनका लागि पासपोर्टको म्याद समाप्त हुन कम्तीमा १ वर्ष बाँकी रहनुपर्ने, विगतमा इजरायलमा गई कार्य नगरेको हुनुपर्ने, बाबु, आमा, पति, पत्नी, छोरा, छोरी इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्ने लगायतका मादण्ड तोकिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here