झापा । कमल गाउँपालिका-४ मजुरभिट्टा बस्ने ६९ वर्षीय नारद राईको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ ।
आफ्नै घरमा मसला पिस्ने मिक्सर मेसिन चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको निम्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















