काठमाडौं। नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले शनिबारदेखि आवासीय रूपमा बसेर थप छलफल गरिहेको छ। काभ्रेपलाञ्चोकको पनौतीस्थित बल्थली रिसोर्टमा बसेर कार्यदलले छलफल गरिरहेको हो। त्यहाँ एउटै
दुई महिनापछि कार्यदलको बैठक शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको थियो।
प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार बैठकमा कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ले दुईवटा छुट्टाछुट्टै दस्तावेज प्रस्तुत गरेका थिए। उनले एउटा ‘महासचिवको तर्फबाट’ र अर्को ‘मेरो तर्फबाट’ भन्दै दस्तावेज प्रस्तुत गरेका थिए।
छलफलका क्रममा छुट्टाछुट्टै प्रतिवेदन बनाउनु उपयुक्त नहुने धारणा आएको थियो। दुवै दस्तावेजमा रहेका विषय समेटेर एउटै प्रतिवेदन तयार गर्ने सहमति भएको छ।
शुक्रबार प्रस्तुत भएका दुवै दस्तावेजको अध्ययन गरेपछि शनिबारदेखि आवासीय रूपमा थप छलफल गर्ने निर्णय भएको आचार्यले बताए।
एमाले सचिवालयको गत जेठ १० गते बसेको आठौँ बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनबारे सुझाव पेस गर्न कार्यदल गठन गरेको थियो। कार्यदललाई एक महिनाको समय दिइएको भए पनि चार महिना बित्न लाग्दा पनि विषयको किनारा लाग्न सकेको छैन।
कार्यदलले १३ वटा समूहसँग छुट्टाछुट्टै छलफल गरेर सुझाव मागेको थियो।


















