काठमाडौं । प्युठान, माण्डवी गाउँपालिका-३ सल्लीकोट बासखोला सामुदायिक वनबाट भरूवा बन्दुक ४ थान शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी देवीस्थानबाट खटिएको प्रहरीले उक्त बन्दुकहरू फेला पारी बरामद गरेको हो ।
अछाम, साँफेबगर नगरपालिका-२ श्रीकोटस्थित तपसीझाड जंगलबाट भरूवा बन्दुक १ थान र भरूवा बन्दुक बनाउन प्रयोग हुने फलामको ब्यारेल १ थान शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । बागलुङ, बडिगाड गाउँपालिका-५ दागस्थित थानपती सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक ३ थान शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले उक्त बन्दुकहरू फेला पारी बरामद गरेको हो । रूकुम पूर्व, सिस्ने गाउँपालिका-१ भट्टेचौरस्थित खरखोला गैरीपातल सामुदायिक वनबाट भरूवा बन्दुक १ थान, बारूद २० ग्राम र छर्रा ५ थान शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी पोष्ट पाखापानीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

















