स्पेनमा व्यापक कालोबजारी

71

एजेन्सी – स्पेनको राजधानी मड्रिडमा औषधिपसल चलाउने अर्नेस्टो रुइज लोपेजले हाको जस्तो स्थिति कहिले पनि नदेखेको बताए । उनले नियमित आपूर्ति गर्नेहरूबाट सुरक्षा मास्क, पञ्जा वा ह्यान्ड स्यानिटाइजर पाउने गरेका छैनन् किनकि उनीहरूले त्यसको चर्को मूल्य तिर्न सक्दैनन् ।

अनि उनी बिचौलिया बिक्रेताहरूबाट पनि चिन्तित छन् । ती ‘डाँकाहरू’ले कोरोनाभाइरस महाव्याधिका बेलामा भएका अभावबाट फाइदा उठाउन खोजेको उनको धारणा छ ।

स्पेन कोरोनाबाट सबभन्दा बढी आक्रान्त मुलुकमध्ये एक हो र त्यहाँ पाँच हजारभन्दा बढी बितिसकेको जोन हप्किन्स विश्वविद्यालयको आँकडाले देखाएको छ । मानिसहरूलाई घरबाहिर निस्कन नदिने गरी बन्दाबन्दी थप दुई हप्ता बढाइएको छ । अधिकारीहरूले अत्यन्तमा दबाबमा परेको स्वास्थ्य सेवाका लागि पर्याप्त सुरक्षा उपकरणको जोहो गरिरहेका छन् ।

हालैका दिनमा केही सामानको मूल्य घटेको किनकि प्रहरीले कालोबजारी गर्ने कम्पनी र व्यक्तिहरूमाथि कारवाही चलाएको रुइज लोपेज बताउँछन् । प्रहरीले गरेको बरामदको भिडियो आफ्नो सामाजिक सञ्जालमा राख्ने गरेको छ । त्यसले गर्दा केही वितरकहरूले आफ्ना सामान छिटछिटो बिकाउने गरेका छन्, रुइज लोपेजले भने ।

धेरै देशमा झैं स्पेनमा पनि मास्क तथा पञ्जाको तस्करी र अवैध बिक्रीलाई नियन्त्रण गर्नु सरकारको चुनौती हो । अनि भाइरसको उपचार गर्न सक्ने औषधि भनी दाबी गर्ने वेबसाइटले गर्ने क्षतिलाई न्यूनीकरण गर्न पनि उसले प्रयास गरिरहेको छ ।

अघिल्लो साता स्पेनको सैन्य प्रहरीले लगभग ६९ हजार मासक र पाँच हजारभन्दा बढी पञ्जाहरू विमानस्थल तथा जहाज अड्याउने ठाउँहरूबाट बरामद गरेको घोषणा गरेको थियो । तीमध्ये केही उपकरण अन्लाइन लिलामी गरिँदैछ । राजधानी मड्रिडमा मात्रै लगभग ४४ हजार मास्कहरू बरामद गरिएका छन् ।

अनि कमसल वा फर्जी उत्पादनहरू पनि बिकिरहेका छन् जसले सम्भावित रोगीहरूको स्वास्थ्यस्थिति झनै बिगार्ने देखिन्छ । युरोपभरि यो समस्या विद्यमान छ ।

इटलीको वित्तीय प्रहरीले पनि व्यापारिक ठगी र कृत्रिम मूल्यवृद्धिका अभ्यासको पहिचान गर्न थालेको छ । शुक्रवार प्रहरीले पियाना शहरमा छापा मारेर कोरोनाभाइरसको पहिचान गर्ने ९०० वटा किट बरामद गरेको थियो । ती किटमा राष्ट्रिय वा युरोपेली प्रमाणपत्र थिएन र तिनलाई अवैध रूपमा अन्लाइनमा बिक्रीका लागि राखिएको थियो ।

बिहीवार स्पेनिस एजेन्सी फर मेडिकेसन यान्ड हेल्थ प्रोडक्ट्सले अवैध वेबसाइटबाट किनिएका फर्जी औषधिको विषयमा चेतावनी जारी गरेको थियो । फर्जी औषधिले स्वास्थ्यमा गम्भीर जोखिम पार्ने किनकि तिनमा भएका हानिकारक तत्त्वले रोग झनै चर्काउन सक्ने उक्त संस्थाको धारणा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here