बल्खुबाट नेकपा प्रचण्ड-माधव समूहका प्रदर्शन गर्ने तीन पक्राउ

301

काठमाडाैं –  नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-माधव समूहको  बिहीवार माघ २२ गतेको शान्तिपूर्ण आम हड्तालको क्रममा केही व्यक्तिहरूलाई गिरफ्तर गरेको छ ।

नेकपाका केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरको नेतृत्वमा काठमाडौं महानगरपालिका वडा नं. १४ स्थित बल्खुचोकमा शान्तिपूर्ण रुपले आन्दोलन गरिरहेका नेता कार्यकर्ताहरूलाई प्रहरीले धरपकट गरी ३ जनालाई गिरफ्तार गरेका छन् । गिरफ्तार हुनेमा नेकपा काठमाडौं जिल्ला सदस्य वटुकृष्ण थापा, कीर्तिपुर नगर समितिका सचिवालय सदस्य सुशिला बस्नेत र कीर्तिपुर नगर समितिका सदस्य रुपेश बुढाथोकी रहेका छन् ।

उनीहरूलाई हाल महाराजगञ्ज स्थित प्रहरी कार्यालयमा राखिएको आन्दोलनमा सहभागी कीर्तिपुरका नेता केदार बुढाथोकीले जानकारी दिनुभएको छ भने उनीहरूलाई आजै साँझ सम्ममा रिहा गर्ने पनि जनाइएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here