जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

12

कपिलवस्तु  । मायादेवी गाउँपालिका-४ चाकरचौडाबाट जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-४ बस्ने ५० वर्षीय महोरमद अनार मुसलमान समेत १५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तु समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५१ हजार ३ सय ८२ रूपैयाँ र ३६ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तथा कटारी नगरपालिका-६ स्थित शिखर सामुदायिक वन र गडमे खोलाको बिचमा रहेको ऐलानी जाग्गाको झाडीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ८२ किलोग्राम सोमबार बेलुकी प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उक्त स्थानमा लुकाई छिपाई राखिएको ९ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here