काठमाडौं । पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभिर नजिकै र वडा नम्बर ९ को ज्यामिरे भन्ने स्थानमा खसेको पहिरो पन्छाएसँगै राजमार्ग दुईतर्फी सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ ।
यसअघि १० र १४ भदौमा भोटेकोशी र त्रिशूली नदीमा आएको ठूलो बाढीले कृष्णभिरमा सडक कटान गर्दा १८ दिन पृथ्वी राजमागर्ग अवरुद्ध बनेको थियो ।


















