काठमाडौं । जिल्ला अदालत काठमाडौंले दुर्गा प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटी माग गरी तारेखमा छाड्न आदेश दिएको छ।
न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले मंगलबार प्रसाईंविरुद्धको मुद्दामा दुई लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो।
परिवर्तित नाम ‘साइबर ब्युरो २५ (०८३/०८४)’ को जाहेरीले प्रसाईं पक्राउ परेका थिए।
अदालतको आदेशसँगै तोकिएको दुई लाख रुपैयाँ धरौटी बुझाएपछि प्रसाईं तारेखमा रिहा हुनेछन्।


















