काठमाडौं । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्याएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ ।
सो विवरणमा घर, पुल र हाइड्रोपावरमा क्षति पुगेको उल्लेख छ ।
साथै गोरखा, लमजुङ र तनहुँ जिल्लाका जिल्ला स्तरीय द्रुत प्रतिकार्य टोली (RRT) र प्रदेश अस्पतालका आपतकालीन चिकत्सकीय टोली (EMT) लाई तयारी अवस्थामा राखिएको छ ।
चुमनुब्री गा.पा. ३, न्याकचेतस्थित न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको ।
चुमनुब्री–३, सिर्दीबास बस्ने राम ब. गुरुङको १ वटा कच्ची घर बगाएको, १ वटा घरमा बाढी पसेको ।
धार्चे गा.पा.–५, माछीखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल बगाएको ।
धार्चे – ५, माछीखोलास्थित तल्लो बस्तीमा बाढी पसेको ५/७ वटा घर, ५/७ वटा टहरामा बाढी पसेको ।
धार्चे –३, सल्लेरी स्थित २०/२२ घरहरु जोखिममा रहेको ।
आरुघाट गा.पा. २ र ३ जोड्ने सोतीमा रहेको फलामे पक्की पुल बगाएको ।
चुमनुब्री गा.पा. ३, सल्लेरीस्थित निर्माणाधिन सहज ऊर्जा पावर हाउस र वरपर रहेका ७/८ वटा घरहरु बगाएको ।
आरुघाट गा.पा. ९, नयाँपुलस्थित आरुघाटबाट धादिङ जोड्ने पक्की पुल तिन भाग रहेकोमा गोरखा तर्फको एक भाग बगाई क्षति भएको, बाटो पूर्णरुपमा अवरोध रहेको ।

















