भक्तपुर, दाङमा डुबेर मृत्यु

6

 

काठमाडौं । भक्तपुर, चाँगुनारायण नगरपालिका-१ सरस्वती खेल बसपार्क नजिकै निलबाराई गिटी बालुवा सप्लायर्स वासिङ सेन्टरको पोखरीमा डुबेर सोही ठाउँ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-६ घर भएका राजु प्रधानकी छोरी ५ वर्षीया क्रिस्टी प्रधानको मंगलबार साँझ मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनको कोरियन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दाङ, घोराही उपमहानगरपालिका-१६ स्यारखोला बस्ने ६५ वर्षीय बाउरे चौधरीको घर नजिकै रहेको खोलामा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी दाङ, राजपुर गाउँपालिका-४ रोइनिया बस्ने शेर बहादुर चौधरीको छोरा १२ वर्षीय आयुश चौधरीको सोही गाउँपालिका-५ सिमल खुट्टीस्थित मतेनी खोलामा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here