हत्या गरेको अभियोगमा पक्राउ

5

काठमाडौं । काठमाडौं खसी बजार बस्ने सिन्धुली हरिहरपुरगढी गाउँपालिका-३ घर भएका १८ वर्षीय रोशन पाख्रिनको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने १९ वर्षीय रूपेश पाख्रिनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित विवादको क्रममा रूपेशले कुटपिट गर्दा गम्भीर घाइते भएका रोशनको कलंकी शहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि ३ जनालाई नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here