पेरिस शहरमा व्यापक हिंसा मच्चियाे

9
(261017) -- PARIS, Oct. 17, 2026 (Xinhua) -- Photo taken on Oct. 17, 2026 shows a burning vehicle during a protest in Paris, France. French Interior Minister Laurent Nunez said Saturday that about 550,000 people took part in the protests across France. According to French media reports, the demonstrations brought together farmers, climate activists, trade unions and students, expressing demands on fuel prices, the cost of living, education and public services. (Xinhua/Wu Huiwo)

काठमाडौं । फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी पेरिस र अन्य शहरमा व्यापक हिंसा मच्चिएको छ । बढ्दो महँगी, विद्यालयको खस्किँदो अवस्था तथा सार्वजनिक सेवामा आएको गिरावटविरुद्ध लाखौँ मानिसहरु सडकमा उत्रिएका हुन् ।

प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच ठाउँठाउँमा हिंसात्मक झडप भएको छ । सीजीटी युनियनका अनुसार देशभर करिब ५ लाख मानिसहरू प्रदर्शनमा सहभागी भएका थिए । राष्ट्रपति इमानुएल म्याक्रों र उनको सरकारको विरोध गर्दै पेरिसका सडकमा प्रदर्शनकारीले प्रदर्शन गरेका हुन् । उनीहरुले म्याक्रोंको राजीनामा समेत मागेका छन् । प्रदर्शनमा विशेष गरी युवा, विद्यार्थी र सर्वसाधारण सहभागी रहेको फ्रान्सेली समाचार संस्था एएफपीले जनाएको छ ।

प्रदर्शन उग्र बन्दा पेरिससहित मार्से, टुलोन, ल्योन जस्ता शहरका सडकमा अराजकता छाएको छ । हिंसा नियन्त्रण गर्न प्रहरी र सुरक्षाकर्मी असफल हुँदा पसल, ऐतिहासिक भवन, सडक, सवारी साधन, सरकारी कार्यालय, निजी आवास र अन्य धरोहरमा तोडफोड आगजनी र लुटपाट भएको छ । प्रदर्शन नियन्त्रण गर्ने असफल प्रयासमा प्रहरीले अश्रुग्यास र वाटर क्याननको प्रयोग गर्दा कतिपय प्रदर्शनकारी घाइते भएको खबर छ । सयौँ प्रदर्शनकारीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।

राष्ट्रपति म्याक्रोंले हिंसामा संलग्नहरुलाई कारवाही गरिने दृढता व्यक्त गरेका छन् । प्रधनमन्त्री सेबास्टियन लेकोर्नुले यस्तो प्रकारका हिंसाले सरकार नतर्सिने प्रतिक्रिया दिएका छन् । उनले हिंसामा उग्रवामपन्थी र अपराधीहरुको संलग्नता रहेको आरोप लगाएका छन् । आगामी छ महिनाभित्र राष्ट्रपतीय निर्वाचनको तयारी गरिरहेको फ्रान्समा यो अराजकताले थप राजनीतिक अनिश्चितता बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here