निःशुल्क बस सेवा संचालनमा

1

दसैँका बेला उपत्यकामा सार्वजनिक यातायातका साधन अत्यन्तै न्यून चल्ने भएकाले नागरिकलाई गन्तव्यसम्म पुग्न सहज होस् भन्ने उद्देश्यले यो सेवा सुरु गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।

सशस्त्र प्रहरी बलका अनुसार निःशुल्क बस सेवा विजयादशमीका दिनदेखि लगातार तीन दिनसम्म बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन हुनेछ। उपत्यकाका मुख्य-मुख्य रुटहरूलाई समेट्दै २ वटा बसमार्फत सेवा प्रदान गरिएको छ।

निःशुल्क बस सञ्चालन रुट १: हलचोकस्थित प्रधान कार्यालयबाट छुटेर बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु हुँदै पुनः प्रधान कार्यालयका साथै रुट २: हलचोकस्थित प्रधान कार्यालयबाटै छुटेर सितापाइला, कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै रुटहरू संचालन भई रहेका छन् ।

दसैँको समयमा यात्रुहरूले सास्ती खेप्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्दै सहज यात्राको सुविधा दिलाउन सशस्त्र प्रहरी बलले हरेक वर्ष निरन्तर निःशुल्क बस सेवा सञ्चालन गर्दै आइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here