उपत्यकासहित देशभर चिसो क्रमशः बढ्दै

9

काठमाडौं । उपत्यकासहित देशभर चिसो क्रमशः बढ्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँको दिउँसो १ बजेको तापक्रम १९ डिग्री सेल्सियस रहेको छ ।

काठमाडौं उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस थियो । हिजो बेलुकीको न्यूनत तापक्रम २२.५ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी प्रदेशका ताप्लेजुङ्ग लगायतका हिमाली तथा  पहाडी जिल्लामा न्यूनत तापक्रम १० देखि १२  डिग्री सेल्सियस पुगेको छ । कोशी प्रदेशका मोरङ् लगायतका तराई क्षेत्रको न्यूनत तापक्रम १० देखि १२ डिग्री सेल्सियस पुगेको छ । मधेश प्रदेशमा समेत न्यूनतम तापक्रम १७ देखि १८ डिग्री सेल्सियस पुगेको महाशाखाले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here