यसअघि ४ मंसिरमा गर्ने तयारी थियो । तर तयारी नपुगेपछि १७ र १८ मंसिरमा अधिवेशन गर्ने गरी मिति तय गरिएको हो ।
देउवा समूहका नेता भुपेन्द्र राईका अनुसार केन्द्रीय सदस्यहरूको उपस्थितिमा सोमबार विराटनगरमा बसेको बैठकले अधिवेशनको नयाँ मिति तय गरेको हो ।
अधिवेशनको उद्घाटन देउवाले गर्ने तयारी छ ।


















