निफ्राको नाफा ६७ प्रतिशतले बढ्यो 

21

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले कर्जा विस्तार गर्दा ब्याज आम्दानीसँगै नाफा पनि बढेको छ । बैंकले आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै १ अर्ब १६ करोड १८ लाख ३८ हजार रुपैयाँ मुनाफा आर्जन गरेको जनााएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा ६९ करोड ४५ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको बैंकको नाफा ६७.२८ प्रतिशतले वृद्धि भएको हो । बैंकको कर्जा विस्तारसँगै खुद ब्याज आम्दानीमा भएको वृद्धिले नाफा बढाउन सहयोग गरेको हो ।

चैत मसान्तसम्म बैंकले ७९ करोड ६६ लाख ५१ हजार निक्षेप संकलन गर्दा २२ अर्ब ८ करोड ४० लाख ६२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले चैत मसान्तसम्म ऋणपत्र मार्फत २ अर्ब २८ करोड १३ लाख ३ हजार रुपैयाँ स्रोत संकलन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा ४० करोड १ लाख ९२ हजार निक्षेप संकलन गर्दा ११ अर्ब ९४ करोड ६६ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकले ऋणपत्र भने जारी गरेको थिएन । एक वर्षको अवधिमा बैंकको निक्षेप ९९.१२ प्रतिशतले वृद्धि हुँदा कर्जा लगानी ८४.८६ प्रतिशतले वृद्धि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here