प्रधानमन्त्री र गृहमन्त्री सरकार छोड्न आतुर

172

काठमाडौ, असोज ४ प्रधानमन्त्री सुशील कोइराला तथा गृहमन्त्री बामदेव गौतमले संविधान निर्माणको कार्य पुरा भएसँगै सरकार छाडन आतुर रहेको बताएका छन् । प्रधानमन्त्री कोइरालाले संविधान निर्माणको कार्य सम्पन्न भएको भन्दै राष्ट्रसंघको कार्यक्रमबाट फर्किन वित्तिकै राजीनामा दिने जानकारी दिएका छन् ।

सोमबार बालुवाटारमा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा कोइरालाले यस्तो बताएका हुन् । उनले आफु फर्किएपछि नयाँ सरकार निर्माणको प्रक्रिया सुरु हुने पनि बताएका छन् । यसैबीच उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले पनि आफु सरकार छाड्न आतुर रहेको बताएका छन् । उनले ऐतिहासिक संविधान निर्माणको कार्य पुरा भएकाले आफुले जिम्मेवारीबाट मुक्त हुन चाहेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here