काठमाडौ, ११ असोज–चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकाको न्यूयोर्कबाट नेपालप्रति सदभाव व्यक्त गर्नुभएको छ । नेपाल सरकारका उपप्रधानमन्त्री प्रकाशमानसिंहसँगको भेटमा राष्ट्रपति सी ले नेपाललाई जस्तो सुकै सहयोग गर्न पनि चीन तयार रहेको जनाउनुभएको छ ।
संयुक्त राष्ट्रसंघको ७० आँै महासभामा भाग लिन न्यूयोर्क पुग्नुभएका राष्ट्रपति सीले चीन र राष्ट्रसंघद्वारा संयुक्त रुपमा आयोजित ‘उच्चस्तरिय राउण्डटेवल साउथ–साउथ कोअपरेसन’का दौरानमा उपपप्रधानमन्त्री सिंहसँग भेट हुँदा यस्तो सदभाव व्यक्त गर्नुभएको हो ।