मधेश आन्दोलनको समर्थन गर्न जनकपुर पुगेका भट्टराईलाई लखेटियो

125

काठमाडौ, १२ असोज –मधेश आन्दोलनलाई सघाउने भन्दै मंगलबार दिउँसो हवाइमार्ग हुँदै जनकपुर गएका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई तराईबाट लखेटिएका छन् ।
पुर्वनिर्धारित कार्यक्रम अनुसार गोपाल धर्मशाला परिसरमा निर्माण गरिएको मञ्चमा पुगेर केही समय बोलेका भट्टराईको आक्रोसित आन्दोलनकारीले विरोध गरेका थिए । आन्दोलनकारीले चर्काे विरोध गरेपछि भट्टराई कडा सुरक्षा घेरामा एयरपोर्ट तर्फ निस्केका थिए । पहिलेदेखि नै उनलाई जनकपुर प्रवेश गर्न नदिन आन्दोलनरत मधेशी मोर्चा र युवा संघर्ष समितिलगायतले उनले जनकपुरमा संविधानको प्रतिलिपि जलाउने शर्तमा आउन दिन छुट दिएको थियो। भट्टराई एयरपोर्टबाट जनकपुर प्रवेशका क्रममा पनि ठूलो भिडले कालो झण्डा देखाउँदै उनको विरोध गरेको थियो।

प्रहरीको सुरक्षा घेरामा भट्टराई धर्मशाला परिसरबाट बाहिर निस्केपछि आन्दोलनकारीले उनका सहयोगी रामचन्द्र झा, रामरिझन यादव र रामकुमार शर्मालाई कुटपिट गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here