डा.अरुणा उप्रेती
अव स्वास्थ्यकर्मी र पोषणविद्हरूको भिटामिन ‘ए’ क्याप्सुल बाँडिने कार्यक्रममा परिवर्तन ल्याइनुपर्छ भन्नेवेला भएन र ? यदि कुनै विदेशी वैज्ञानिक पत्रिकामा भिटामिन ‘ए’ ले भरिपूर्ण लट्टे र सिस्नुमा पाइने भिटामिन ‘ए’ उच्च स्तरको हुन्छ भनेर लखियो भने सायद स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरूको आँखा खुल्नेछ । त्यो समय कहिले आउला थाहा छैन ।
भिटामिन ‘ए’ एउटा उदाहरणमात्र हो, कसरी हाम्रा नेतालाई बाहिरबाट विचारहरू थोपरिएर स्थानीय खानेकुरालाई बेवास्ता गरिन्छ भन्ने ।
तर मैले मेरा परिचितहरूलाई बालबालिकालाई भिटामिन ‘ए’ को क्याप्सुल होइन, पालुंगो, लट्टे, फर्सी, गाँजर ख्वाऊ, अलिकति तेल पनि हाल भन्छु । अन्नपूर्णपोष्ट दैनिक