हुम्लाका विद्यार्थीहरू खुला धुलो भएको चौरमा अध्ययन गर्न बाध्य

25

हुम्ला  । दक्षिणी क्षेत्रको एक विद्यालयको भवन भत्किएपछि विद्यार्थीहरू खुला धुलो भएको चौरमा अध्ययन गर्न बाध्य हुँदै आएका छन् । गत असोज तेस्रो साता परेको वर्षासँगै गएको पहिरोले भवन भत्काएपछि विद्यार्थीहरू खुल्ला चौरमा पढ्न बाध्य भएका हुन् ।

ताँजाकोट गाउँपालिका– १ को काँडाजिमाना गाउँको जनप्रकाश माध्यमिक विद्यालयको कक्षा सातमा अध्ययनरत छात्रा सबिता खड्काले विद्यालयको भवन कामै नलाग्ने गरी भत्किएपछि विद्यार्थीहरू चौर र पाखोमा बसेर अध्ययन गर्दै आएको बताए। उनले पहिरोले भवन भत्कँदा कक्षा कोठाका बेन्च र डेस्कपछि काम नलाग्ने गरी भाँचिएको अवस्थामा रहेको बताउँदै विद्यार्थी धुलाम्मे चौरमा बसेर अध्ययन गरी रहेको बताए । यसले गर्दा उनले वर्षा भएको बेला र पानी परेको बेला पढाई बन्द हुने गरेको बताए ।

ताँजाकोट गाउँपालिका अध्यक्ष लालकेश जैसीले पहिरोबाट विद्यालय भवन पूर्ण रूपमा क्षति पुगेपछि हाल पठन पाठन कार्य चौरमा भई रहेको बताए । उनले ताँजाकोट गाउँपालिका– १ को काँडाजिमाना गाउँको जनप्रकाश माध्यमिक विद्यालयको तीन कोठे भवन पहिरो पूर्ण रूपमा छापेको कारण ती कोठामा अध्ययन गर्ने विद्यार्थीहरू हाल चौरमा पढ्दै आएको बताए । उनले विद्यालयको एउटा भवन पूर्ण रूपमा भत्किएको छ भने अन्य दुई वटा भवनको कोठामा भल पसेर बस्न नसकिने अवस्थामा रहेको बताए।

भवन भत्किएपछि पाँच वटा कक्षाका विद्यार्थीहरू चौरमा अध्ययन गर्न बाध्य भएको विद्यालयले जनाएको छ । विद्यालयमा ३५० जना विद्यार्थीहरू अध्ययन गर्दै आएका छन् । एक वर्ष अगाडी निर्माण भएर सञ्चालनमा आएको भवन भत्किएपछि विद्यालय समस्या परेको छ । अव नयाँ भवनको व्यवस्था गर्न नसके विद्यालयको पढाई नै प्रभावित हुने विद्यालयले जनाएको छ । गत असोज १९ गतेबाट २४ गतेसम्म परेको वर्षाले विद्यालयको भवन भत्काएको हो । उक्त गाउँपालिकाका अन्य दुई वटा विद्यालयमा पनि पहिरोले भवनलाई क्षति पुर्‍याएको गाउँपालिकाकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here