छैटौ पाकिस्तानी मेला आजबाट सुरु

153

काठमाडौँ, १९ असोज – युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा आजदेखि छैटौँ पाकिस्तानी मेला सुरु भएको छ । रावलपिण्डी चेम्बर अफ कमर्श पाकिस्तानको आयोजनामा सुरु भएको मेलाको पूर्व गभर्नर हिमालयन शमशेर राणाले एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा बोल्दै राणाले मेलाले दुई मुलुकबीचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरे । त्यस्तै नेपालका लागि पाकिस्तानी राजदूत अहिद साउद खोसाले मैत्रिपुर्ण कार्यक्रम शार्क मुलुकहरुको हितमा उपयोगि हुने जनाए ।

६ दिनसम्म सञ्चालन हुने मेलामा पाकिस्तानी सामग्रीहरु, फर्निचर, कस्मेटिक, ज्याकेट, कुर्ता लगाएतका सामग्रीहरु राखिएको छ । नाकाबन्दीकाबीच सञ्चालन भएको मेला राम्रोसँग सञ्चालन हुने आयोजकले विश्वास लिएको छ । मेला उद्घाटन समारोहमा सार्क सचिवालयका सचिव अर्जुन कुमार थापा, हस्तकला महासंघका अध्यक्ष हेमरत्न शाक्य, लगाएतको उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here