गणतन्त्रको नाउँमा नेपाललाई भारतले नियन्त्रण गर्न खोज्योः नेमकिपा

195

भक्तपुर, २० असोज । नेपाल मजदुर किसान पार्टीले गणतन्त्रको नाउँमा नेपाललाई भारतले आफ्नो नियन्त्रणमा राख्न खोजेको आरोप लगाएको छ ।

नेमकिपाको केन्द्रीय समितिको चार दिने बैठकले पश्चात मंगलबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी नेपालको आन्तरिक मामिलामाथि हस्तक्षेप गर्दै नाकाबन्दी गर्नु अन्तर्राष्ट्रिय कानुन, सन्धि–सम्झौता विपरीत भएको जनाएको छ ।

पार्टीले नयाँ संविधानमा गणतन्त्र, धर्म निरपेक्षता, समाजवाद उन्मुख जस्ता विषय उल्लेख भएको हुँदा संविधानका धेरै धारामा असहमति हुँदाहुँदै पार्टीले संविधानको पक्षमा मतदान गरेको विषयमा पार्टीका सदस्यलाई स्पष्ट पार्न जिल्ला–जिल्लामा नेपालको संविधानबारे प्रवचन, अन्तरक्रिया तथा छलफल कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here